बुढानीलकण्ठ, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ ले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्वरोजगार केन्द्रित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रमअन्तर्गत वडा भित्र स्थायी रूपमा बसोबास गर्ने युवायुवतीहरूका लागि आवेदन आह्वान गरिएको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार १८ देखि ४० वर्ष उमेर समूहका ३५ जना युवायुवतीलाई लक्षित गरी ५ दिने LED बल्ब बनाउने तालिम सञ्चालन गरिनेछ। तालिममार्फत सहभागीहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्य लिइएको छ।
सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेश गर्न सकिने जनाइएको छ।
निवेदकको नेपाली नागरिकताको प्रतिलिपि
बसोबासरताको हकमा बसोबासको प्रमाणित कागजात
पासपोर्ट साइजको फोटो (१ प्रति)
वडा अध्यक्ष कृष्ण शाही ठकुरीले सीपमूलक तथा उत्पादनमुखी तालिममार्फत युवाहरूलाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउँदै इच्छुक तथा योग्य युवायुवतीहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो।
प्रतिक्रिया