बुढानीलकण्ठमा विद्यालयस्तरीय विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८२, बुधबार ०७:४२

बुढानीलकण्ठ, काठमाडौँ ।  बुढानीलकण्ठ नगरपालिका अन्तर्गतको विपद् व्यवस्थापन समितिको वार्षिक कार्ययोजना अनुरूप बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य विद्यालय समुदायलाई सम्भावित प्राकृतिक तथा मानवीय विपद्का समयमा अपनाउनुपर्ने पूर्वतयारी, सुरक्षित व्यवहार र आपत्कालीन प्रतिकार्यबारे सचेत बनाउनु रहेको थियो। अभिमुखीकरणमा भूकम्प, आगलागी, बाढी–पहिरो लगायतका विपद्को जोखिम न्यूनीकरण, सुरक्षित निकास, प्राथमिक उपचार तथा आपत्कालीन समन्वयका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूलाई विपद् आइपर्दा विद्यालयभित्र अपनाउनुपर्ने सुरक्षा उपाय, जिम्मेवारीको बाँडफाँड र तत्काल प्रतिक्रिया कसरी जनाउने भन्नेबारे व्यवहारिक जानकारी दिइएको थियो।

बुढानीलकण्ठ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply