काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालमा कार्यरत चिकित्सकहरूलाई नै नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. दिवश बास्कोटा (MBBS, MD GP & EM) तथा सहायक मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. निवेश सुवेदी नियुक्त भएका छन्।
नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. बास्कोटा तथा सहायक मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीलाई अस्पताल परिवारले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
अस्पताल प्रशासनका अनुसार आदरणीय नगर प्रमुख तथा कार्यकारी निर्देशकको प्रेरणादायी मार्गदर्शनमा अस्पतालमा सुपरस्पेसियालिटी सेवा विस्तार, नवीनतम प्रविधिमा आधारित उपचार सेवा प्रवाह, आधुनिक स्वास्थ्य उपकरणको प्रयोग तथा डिजिटल स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
यसै क्रममा अस्पतालमा हालै आबद्ध भएका अन्य चिकित्सकहरूलाई समेत अस्पताल परिवारले हार्दिक स्वागत गरेको छ।
नयाँ सम्भावना, नयाँ जोश र नयाँ दृष्टिकोणसहित नवनियुक्त नेतृत्वको कार्यकालले कागेश्वरी मनोहरा नगर अस्पताललाई आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अस्पतालले नागरिकलाई सहज, प्रभावकारी र उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
नवनियुक्त नेतृत्वको कार्यकालमा अस्पतालको सेवा, समर्पण र नागरिकको विश्वास अझ मजबुत हुँदै जाने तथा कागेश्वरी मनोहरा नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै नगरमा सहज रूपमा प्राप्त गर्ने वातावरण थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया