बुढानीलकण्ठ नगरपालिकाद्वारा TLiteracy तालिमका लागि आवेदन आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८२, बुधबार ०७:२२

बुढानीलकण्ठ ।  युवाहरूको सीप विकास, प्रविधिमैत्री दक्षता अभिवृद्धि तथा रोजगारी/स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले TLiteracy सम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत उक्त तालिम आयोजना हुन लागेको हो।

नगरपालिकाका अनुसार युवाहरूको मागलाई मध्यनजर गर्दै सञ्चालन हुन लागेको तालिमका लागि इच्छुक तथा योग्य युवाहरूलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ।

तालिमअन्तर्गत Basic AI Boot Camp मा १०० जना, Basic Online Business Literacy मा ५० जना तथा Digital Marketing तालिममा ५० जना गरी कुल २०० जना सहभागी छनोट गरिनेछ।

तालिम बुढानीलकण्ठ नगरपालिकामै सञ्चालन हुने र पूर्ण रूपमा निःशुल्क रहने नगरपालिकाले जनाएको छ।

योग्यता

  • उमेर १६ देखि ३५ वर्षसम्म

  • बुढानीलकण्ठ नगरपालिका भित्र बसोबास गरेको प्रमाण (नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्र वा वडाको सिफारिस)

  • आधारभूत कम्प्युटर ज्ञान भएको

आवेदन प्रक्रिया

इच्छुक आवेदकहरूले सूचनामा उल्लेख गरिएको QR Code Scan गरी आवेदन फाराम भर्नुपर्नेछ।

नगरपालिकाले प्रविधिसँग जोडिएर युवाहरूको भविष्य निर्माण गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको उल्लेख गर्दै योग्य युवाहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply