बुढानीलकण्ठमा विद्यालयस्तरीय विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०८२, मंगलवार ०८:०१

बुढानीलकण्ठ, काठमाडौँ ।  बुढानीलकण्ठ नगरपालिकामा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन तयारीलाई सुदृढ बनाउने उद्देश्यका साथ १२ दिने विद्यालयस्तरीय विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ।

कार्यक्रमअन्तर्गत १२ दिनमा क्रमशः १२ वटा विद्यालयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई प्राकृतिक तथा मानवनिर्मित विपद्का समयमा अपनाउनुपर्ने सावधानी, पूर्वतयारी र प्रभावकारी प्रतिकार्य उपायबारे व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

कार्यक्रमले भूकम्प, आगलागी, बाढी–पहिरो, चट्याङलगायत सम्भावित विपद्का बेला सुरक्षित रहने उपाय, आपतकालीन उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थान पहिचान तथा विद्यालयस्तरमा विपद् व्यवस्थापन योजना तयार गर्ने विषय समेटेको छ।

बुढानीलकण्ठ नगरपालिकाले कार्यक्रममार्फत विद्यालयलाई सुरक्षित बनाउने, विद्यार्थीलाई सजग र सचेत बनाउने तथा समुदायलाई आपतकालीन अवस्थामा तयारी अवस्थामा राख्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply