प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३९ लाख ९८ हजार मतपत्र छपाइ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०८२, मंगलवार ०७:१२

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ३९ लाख ९८ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको काम नियमित रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ यसअघि नै सम्पन्न भइसकेको छ। साथै, मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमुना मतपत्र पनि छपाइ भइसकेको आयोगले जानकारी दिएको छ।

प्रत्यक्षतर्फ हालसम्म ३० जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको र बाँकी जिल्लाको छपाइ कार्य तीव्र गतिमा भइरहेको आयोगले जनाएको छ। आगामी २१ फागुनमा निर्वाचन हुने भएकाले छपाइ कार्य पूरा भएपछि मतपत्रहरू सम्बन्धित जिल्लाका निर्वाचन कार्यालय तथा मतदान केन्द्रहरूमा पठाइने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply