गोर्कणेश्वर–९ मा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८२, आईतवार १९:१३

काठमाडौँ । गोर्कणेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजीव थापाको प्रमुख आतिथ्यतामा, वडा सदस्यहरूको उपस्थितिसहित प्रथम गोर्कणेश्वर नगर च्याम्पियनसिप तथा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
ग्राम निर्माण बहुउद्देश्यीय मण्डल, काठमाडौँ द्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष राजीव थापाले खेलकुदले युवालाई अनुशासित, ऊर्जावान् र सकारात्मक दिशामा अगाडि बढाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा यस्ता खेलकुद प्रतियोगिताले प्रतिभा पहिचान गर्नुका साथै युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्छ।
वडा कार्यालय खेलकुदको प्रवर्द्धनमा सधैं साथमा रहनेछ।” उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै विजेता तथा सहभागी सबै खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्यहरू, आयोजक संस्थाका पदाधिकारी, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजकका अनुसार आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको छ।

प्रतिक्रिया

Leave a Reply