काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ। निगमले आज रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि उपभोक्तालाई तत्काल भार नपरोस् भन्ने उद्देश्यले मूल्य नबढाइएको निगमको भनाइ छ।
यसैगरी, निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँका लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको निगमले जानकारी दिएको छ।
प्रतिक्रिया