सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लामा रहेका ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले प्रदेशभरका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ वटा सामान्य र ६५१ वटा संवेदनशील सूचीमा राखेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए।
उनका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर १४ हजार ७१९ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। कर्णालीका केही जिल्लामा सडकको अवस्था कमजोर रहेकाले मतदान प्रक्रिया सञ्चालन गर्न तथा मतपेटिका ढुवानीमा समस्या हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तथा व्यवस्थापन तयारी गरिएको शाहले बताए।
प्रदेश प्रहरी कार्यालयले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सबै सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाएको जनाएको छ।
प्रतिक्रिया