नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री शारदा माध्यमिक विद्यालय प्रथम

evccfn@gmail.com' rastriyakhabar
१७ माघ २०८२, शुक्रबार २२:५८

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री शारदा माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
विद्यालयले विभिन्न खेलका विद्याहरूमा सहभागीता जनाई २६ स्वर्ण १८ रजत र ५ कास्य गरी जम्मा ४९ वटा पदक सहित प्रथम स्थान हासिल गर्नु सफल भएको हो ।
प्रथम स्थान हासिल गर्न सफल भएकोमा विद्यालय परिवारले सम्पुर्ण सहभागी विद्यार्थी खेलाडीहरूमा हार्दिक बधाई तथा उज्जवल भविष्यको कामना समेत गरेको छ ।
नव नियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को कार्यकाल शुरु भएको केहि समयमानै भएको यो प्रतियोगितामा विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा अध्यक्ष श्रेष्ठ द्वारा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, प्रशिक्षकहरू तथा विद्यार्थी भाइबहिनीहरू प्रति हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।
आफ्नो आधिकारीक फेसबुकमा पोष्ट गर्दै अध्यक्ष श्रेष्ठले “बाह्रबिसे नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङशील प्रतियोगितामा हाम्रो विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा म विद्यालय व्यवस्थापन समितिको तर्फबाट सम्पूर्ण सहभागी विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंहरूलाई निरन्तर प्रशिक्षण, प्रेरणा र मार्गदर्शन प्रदान गर्नु हुने शिक्षक–शिक्षिका तथा प्रशिक्षकज्यूहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु । यस सफलताले विद्यालयको गौरव बढाएको छ र भविष्यमा अझ ठूलो उपलब्धि हासिल गर्ने प्रेरणा दिएको छ । पुनः सबैलाई उज्ज्वल भविष्यको कामना गर्दै धन्यवाद दिन चाहन्छु । ” भन्नु भएको छ ।
अब हुने जिल्ला स्तरिय प्रतियिोगितामा समेत बाह्रबिसे नगरपालिकाको नतिजा राम्रो ल्याउन आफ्नो तर्फबाट भरपुर मेहनत गर्ने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply