राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०८२, शुक्रबार ०७:२०

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते (आइतबार) देखि २१ गतेसम्म जापान भ्रमणमा जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार प्रतिनिधिमण्डल माघ १८ गते जापान प्रस्थान गर्ने र २१ गते स्वदेश फर्किने तालिका तय गरिएको छ। उक्त भ्रमण नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुनका लागि तय गरिएको हो।

गृहमन्त्री अर्यालले भने, “नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।”

प्रतिक्रिया

Leave a Reply