काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बा प्र ०२–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकल र बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भीमढुंगा निवासी २५ वर्षीय भीमराज तामाङ गम्भीर घाइते भएका थिए।
घाइते तामाङको उपचारका क्रममा आज बिहान स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ।
दुर्घटनामा संलग्न बा प्र ०२–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया