नुवाकोट । नुवाकोटले धेरै नेता देख्यो। भाषण सुन्ने, सपना पत्याउने र फेरि निराश हुने चक्र पनि पटक–पटक भोग्यो। अब प्रश्न नेता को हो भन्ने मात्र होइन, केन्द्रमा कसको पहुँच छ र त्यो पहुँच गाउँ–बस्तीसम्म कसरी पुग्छ भन्ने हो। यहीँबाट सुरु हुन्छ— गगन थापा र जगदीश्वर नरसिंह केसीको राजनीतिक अर्थ। केन्द्रमा गगन थापाको उदय केवल एक व्यक्तिको उचाइ होइन, त्यो नुवाकोटको विकासको ढोका खुल्ने संकेत हो। र, त्यो ढोकाबाट विकासलाई गाउँ–बस्तीसम्म पुर्याउने ‘इन्जिन’ को रूपमा काम गर्ने पात्र हुन्— नुवाकोट क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार जगदीश्वर नरसिंह केसी। “यो संयोग होइन, अवसर हो। अवसरको सदुपयोग गर्नु नै मतदाताको बुद्धिमानी हो।” गगन थापाको ‘रूपान्तरण’ आन्दोलन र नुवाकोट नेपाली कांग्रेसभित्र गगन थापाले थालेको ‘रूपान्तरण र पुस्तान्तरण’ आन्दोलन आज देशव्यापी बहसको विषय बनेको छ। पुरानो संरचना तोड्दै, विचार र नेतृत्व दुवैमा परिवर्तनको माग उठाउने यो अभियानको एक प्रमुख खम्बा नुवाकोटबाट जगदीश्वर नरसिंह केसी नै हुन्।
पार्टी सभापति र भावी प्रधानमन्त्रीको रूपमा गगन थापालाई स्थापित गर्न केसीले खेलेको भूमिका नुवाकोटे मतदाताले देखेका र सुनेका छन्। जब केन्द्रको नेतृत्व र जिल्लाको प्रतिनिधिबीच विश्वासिलो र घनिष्ठ सम्बन्ध हुन्छ, तब विकासका फाइलहरू दराजमा थन्किँदैनन्। फाइल अड्किने होइन, बजेट झर्ने राजनीति भोलि गगन थापा प्रधानमन्त्री हुँदा— टोखा–छहरे सुरुङ मार्ग, केरुङ–विदुर व्यापारिक मार्ग जस्ता नुवाकोटका रणनीतिक योजनाहरू मन्त्रालयका टेबुलमा धुलो लागेर बस्ने छैनन्। किनकि यहाँबाट पठाइने प्रतिनिधिसँग ‘डाइरेक्ट कनेक्सन’ हुनेछ। नुवाकोटले अब ‘पार्टी च्यानल’ होइन, ‘पावर च्यानल’ बाट विकास बजेट पाउनेछ। विकासका पर्याय : जगदीश्वर नरसिंह केसी दुप्चेश्वरको पावन माटोमा जन्मिएर सिङ्गो नुवाकोटको अभिभावक बनेका जगदीश्वर नरसिंह केसी नुवाकोट कांग्रेसको इतिहाससँग जोडिएको नाम हो। २२ वर्ष जिल्ला सभापति, संविधान सभा सदस्य, लोकतान्त्रिक आन्दोलनका अग्रपङ्क्तिका सिपाही— उनको राजनीति भाषणभन्दा उपस्थितिमा, नाराभन्दा सेवामा देखिन्छ। “विद्यालय थिएन, जग हाल्यौँ। बाढी–पहिरो आयो, काठमाडौँको एसी कोठामा बसिनँ—तपाईंकै आँगनमा आइपुगेँ।” सूर्यगढी गाउँपालिका र वडा नं. ५ मा शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा उनले खेलेको भूमिका स्थानीय जनताका लागि इतिहास हो, प्रचार होइन।
पार्टीभन्दा माथि, नुवाकोटेपन केसीको राजनीति पार्टीको झण्डाभन्दा पनि मानवीय सम्बन्धमा आधारित छ। उनका लागि सेवा गर्दा एमाले, माओवादी वा रास्वपा थिएन— सबैभन्दा पहिले ‘नुवाकोटे’ थिए। यही कारण उनी संकटमा फोन उठाउने नेता मात्र होइन, संकटमा आफैं पुग्ने नेता का रूपमा चिनिन्छन्। अनुभव + जोस = अबको नुवाकोट आज ‘नयाँ अनुहार’ को बहस छ। तर जगदीश्वर केसी भन्छन्— “नयाँ हुन अनुहार बदल्नु पर्दैन, सोच र संकल्प बदल्नुपर्छ।” ३० वर्षको अनुभव र युवाको जस्तै जोस बोकेका केसीसँग नुवाकोटलाई आधुनिक, समृद्ध र पहुँचयुक्त बनाउने भिजन र नेटवर्क दुवै छ। किन जगदीश्वर नरसिंह केसी ? किनकि— गगन थापाले केन्द्रमा बनाएका नीतिलाई नुवाकोटको भूगोलमा कार्यान्वयन गराउने क्षमता उनमा छ। गगनको नेतृत्व र केसीको अनुभवले नुवाकोटलाई बागमती प्रदेशकै नमुना जिल्ला बनाउने सम्भावना छ। वैदेशिक लगानी, प्रविधि, कृषि र पर्यटनलाई नुवाकोटमा भित्र्याउने विश्वसनीय पुल उनी नै हुन्।
प्रतिक्रिया