काठमाडौँ–२ मा प्रतिनिधिसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०६:५१

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दर्ता भएका उम्मेदवारमध्ये १७ जना विभिन्न राजनीतिक दलबाट तथा ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार प्रमुख राजनीतिक दलसहित साना दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिताले काठमाडौँ–२ को निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ ।

दलगत रूपमा उम्मेदवारी दिने उम्मेदवारहरूमा कविर शर्मा (नेपाली कांग्रेस), मणिराम फुयाल (नेकपा एमाले), नितेश पौडेल (नेपाली कम्युनिष्ट पार्टी), सुनिल केसी (राष्ट्रिय स्वतन्त्र पार्टी), कुन्तीदेवी पोख्रेल (उपाध्याय) (राष्ट्रिय प्रजातन्त्र पार्टी), उपेन्द्र कार्की (नेपाल कम्युनिष्ट पार्टी–संयुक्त), शर्मिला माली (नेपाल मजदुर किसान पार्टी), बालचन्द्र श्रेष्ठ (प्रगतिशील लोकतान्त्रिक पार्टी), आनन्द सिंखडा (जय मातृभूमि पार्टी), प्रकाश बुढाथोकी (नेपाल कम्युनिष्ट पार्टी–माओवादी), तिलक बहादुर मगर (आम जनता पार्टी), पवन पोखरेल (उज्यालो नेपाल पार्टी), अनुप बोहरा (राष्ट्रिय परिवर्तन पार्टी), मुकुन्द कार्की (श्रम संस्कृति पार्टी), नर्वदा कुमारी भट्टराई (राष्ट्रिय मुक्ति पार्टी नेपाल), कृष्णबहादुर खत्री (त्रिमुल नेपाल) र रुपक बस्ताकोटी (स्वतन्त्र) रहेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा रुपक सिंखडा, राजकुमार श्रेष्ठ, अर्जुन ढुंगाना, तीर्थराज पौडेल, टप बहादुर थापा, त्रिलोक बहादुर चन्द, वीरेन्द्र कुमार साह, सीता तिवारी, मंजु लामा, विश्वास बस्नेत र इरा श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

निर्वाचन तालिका अनुसार उम्मेदवारहरूको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply