बुढानीलकण्ठ–३ मा स्वरोजगार केन्द्रित LED बल्ब बनाउने तालिम सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०६:४८

काठमाडौं । सीप विकासमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा आजबाट स्वरोजगार केन्द्रित LED बल्ब बनाउने तालिम कार्यक्रम सुरु गरिएको छ ।

वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय युवायुवती तथा बेरोजगारलाई प्राविधिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । तालिममा LED बल्ब उत्पादनसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।

वडा नं. ३ का जनप्रतिनिधिहरूले सीपमूलक तालिमले रोजगारी सिर्जना र साना उद्यम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका छन् ।

तालिम निश्चित अवधिसम्म सञ्चालन हुने र सफल सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply