निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०६:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थामा विशेष बैंक खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।

परिपत्रअनुसार आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा बैंक खाता खोल्न सकिनेछ । ती खाता निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।

निर्देशनमा आमनिर्वाचन अभियान समूहले नेपाली मुद्रामा आम्दानी–खर्चको कारोबार गर्न सक्ने गरी खाता खोल्ने प्रबन्ध मिलाइएको उल्लेख छ ।

त्यसैगरी, प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक तथा प्रत्यक्ष उम्मेदवार र स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै बैंक खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

यस व्यवस्थाले निर्वाचन खर्चको पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply