प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०६:३५

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ।

मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत यससम्बन्धी जानकारी दिएका हुन्।

आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र समयमै सम्पन्न गर्न निर्वाचन आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनका अनुसार आजदेखि जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा प्रत्यक्षतर्फका मतपत्र छपाइ हुन थालेको हो।

निर्वाचन आयोगका अनुसार मतपत्र छपाइ कार्य उच्च सुरक्षासहित सञ्चालन गरिएको छ। साथै, छपाइ प्रक्रियामा आयोगका पदाधिकारी तथा प्राविधिक टोलीको निरन्तर निगरानी रहने व्यवस्था गरिएको छ।

आयोगले मतपत्र छपाइदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक सबै तयारी गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply