सन्तोष चालिसे कांग्रेस काठमाडौं–३ का निर्वाचन कमाण्डर नियुक्त निर्वाचन तयारीमा सक्रिय भूमिका निभाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०७:३३

काठमाडौँ।  नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सन्तोष चालिसेलाई काठमाडौं–३ क्षेत्रको निर्वाचन कमाण्डरको रूपमा नियुक्त गरेको छ।

कांग्रेसका अनुसार चालिसेले आफ्नो क्षेत्रमा मतदाता परिचालन, प्रचार–प्रसार रणनीति र स्थानीय कमाण्ड व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गर्नेछन्। उनी क्षेत्रीय कार्यकर्ताहरूसँग समन्वय गर्दै पार्टीको चुनावी तयारीलाई प्रभावकारी बनाउने योजना अनुसार अगाडि बढ्ने जनाइएको छ।

कांग्रेसले काठमाडौं–३ क्षेत्रलाई केन्द्रित गरी मतदातासँग साक्षात्कार, सचेतना कार्यक्रम र प्रचार अभियानलाई तीव्र बनाउने रणनीति अघि सारेको छ।

प्रतिक्रिया

slot gacor