बुढानीलकण्ठमा सहकारी प्रशिक्षण कार्यक्रम सुरु नगरपालिकाले लेखाप्रणाली सुधार र पारदर्शिता अभिवृद्धि गर्ने लक्ष्य लियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०७:२५

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिकामा सहकारी नियमन, सूचना प्रवाह तथा लेखाप्रणालीसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

यो कार्यक्रम बुढानीलकण्ठ नगर सहकारी समन्वय समितिको समन्वयमा तथा सहकारी शाखा, बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको छ। कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समिति सदस्य र कर्मचारीहरू सहभागी छन्।

नगरपालिकाका अनुसार सहकारी क्षेत्रमा हाल देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी र वित्तीय जोखिमजस्ता समस्यालाई न्यूनीकरण गर्न यो प्रशिक्षण प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले प्रशिक्षणमार्फत सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र व्यवस्थित रूपमा सञ्चालन, सदस्यहरूको हित संरक्षण र सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply