सर्वोच्च अदालतको आदेश: रवि लामिछानेविरुद्ध थप प्रमाण पेश गर्न निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०७:०२

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फेला परेको थप प्रमाण पेश गर्न आदेश दिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले रिट दायर गरेका थिए।

सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्धाको पुर्पक्षमा फेला परेका थप प्रमाण झिकाउन आदेश दिएको हो।

आदेशमा भनिएको छ,

“अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नु।”

सर्वोच्चको यस आदेशले लामिछानेविरुद्धको कानुनी प्रक्रिया अझ सक्रिय हुने संकेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply