हिमपातले कोरोला नाका अवरुद्ध, नेचुङ भन्सारमा कन्टेनर रोकिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०६:५८

मुस्ताङ ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सारमा हिमपातका कारण कन्टेनरहरू रोकिएका छन्।

चीनबाट आयात हुने सामान लिन शुक्रबार कोरोला नाकासम्म पुगेका कन्टेनरहरू हिमपातका कारण बाटो अवरुद्ध भएपछि भन्सार कार्यालय परिसरमै रोकिएका हुन्।

लगातारको हिमपातले सडक अवरुद्ध हुँदा आवतजावत ठप्प बनेको छ भने मौसम अनुकूल नभएसम्म कन्टेनरहरू अगाडि बढ्न नसक्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ।

हिमपात रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply