काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले नक्कली हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरबाट झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूबाट ३०३ राइफल जस्तो देखिने डमी, कटुवा पेस्तोल जस्ता दुई डमी हतियार, खुकुरी जस्तो फलामको हतियार र एउटा मोटरसाइकल बरामद भएको छ।
पक्राउपछि काठमाडौँ-३२ स्थित संस्कृति नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाइराखेको पनि खुलेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया