कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०६:५५

काठमाडौँ ।  काठमाडौँको कोटेश्वरबाट प्रहरीले नक्कली हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरबाट झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूबाट ३०३ राइफल जस्तो देखिने डमी, कटुवा पेस्तोल जस्ता दुई डमी हतियार, खुकुरी जस्तो फलामको हतियार र एउटा मोटरसाइकल बरामद भएको छ।

पक्राउपछि काठमाडौँ-३२ स्थित संस्कृति नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाइराखेको पनि खुलेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply