माछापुच्छ्रे बैंक, केएफसी र सिटीटेकबीच सहकार्य, केएफसी आउटलेटहरूमा अत्याधुनिक पीओएस सेवा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०८२, आईतवार ०८:३२

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ।

नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस (POS) उपकरणहरू जडान गरिएको बैंकले जनाएको छ।

उक्त पीओएस उपकरणमार्फत ग्राहकहरूले कार्ड तथा क्यूआर कोड प्रयोग गरी छिटो, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। यसले व्यापारी र ग्राहक दुवैलाई प्रभावकारी डिजिटल भुक्तानी सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै माछापुच्छ्रे बैंकले यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै आएको छ। यस पहलले सेवा समय घटाउनुका साथै दैनिक कारोबारलाई सरल, पारदर्शी र प्रभावकारी बनाउँदै ग्राहक अनुभवलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधा ग्राहकसमक्ष ल्याउन प्रतिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म आफ्नो सेवा सञ्जाल विस्तार गरिसकेको छ।

हाल बैंकले १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। साथै, १९९ एटिएममार्फत १८ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply