राष्ट्रियसभा निर्वाचन आज, १८ पदका लागि सबै तयारी पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०८२, आईतवार ०७:३२

काठमाडौँ। राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज (माघ ११ गते) बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा निर्विरोध निर्वाचन भएको छ भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको हो। कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ।

बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ।

  • कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ)

  • मधेस प्रदेश: महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा)

  • बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर)

  • गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की)

  • लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)

  • कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत)

  • सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली)

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply