भ्रष्टाचार प्रति शुन्य सहनशिलता र सुसाशानको लागि मेरो उम्मेदवारी : बिष्णु श्रेष्ठ

evccfn@gmail.com' rastriyakhabar
११ माघ २०८२, शनिबार ०६:३४

काठमाडौं । संसदमा काठमाडौंका स्थानिथबासिन्दाहरुको प्रतिनिधित्व गर्दै देशमा व्याप्त भ्रष्टाचारलाई न्युनिकरणको मुल उदेश्य तथा सुसाशन मार्फत संमृद्ध नेपाल निर्माण गर्न काठमाडौं निर्वाचन क्षेत्र नं.५बाट आफुले उम्मेदवारी दिएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता बिष्णु श्रेष्ठले बताउनु भयो ।
देशलाई शान्ति,बिकास र उत्पादन मार्फत संमृद्ध बनाउन सकिन्छ,त्यसको प्रबिधिक पक्ष र सैदान्तिक पक्षको संयोजन गराएर नीति निर्माण गर्न आफु सक्षम रहेको समेत युवा नेता श्रेष्ठको दावी छ ।
नेपालललाई बिदेशी शक्तिराष्ट्रको कृडा स्थलबाट बचाउन आम देशभक्त र राष्ट्रप्रेमीहरु एकटठाउँमा आउनुको बिकल्प नभएको भन्दै उम्मेदवार श्रेष्ठले क्षेत्र नं.५का मतदाताहरुले आफुलाई बिस्वास गरेर मत दिनेमा विस्वस्त रहेको बताउनु भयो ।
श्रेष्ठ भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका अभियन्ता तथा टोखा,धापासी क्षेत्रका खेलाडी एवं खेलप्रेमी समेत हुनु हुन्छ ।
श्रेष्ठ भन्नुहुन्छ “ यसभन्दा अगाडी यो क्षेत्र बाट जितेर जाने माननीयहरुले आफु पदमा पुगेपछि यहाँका स्थानियहरुको पक्षमा के के काम गरेका छन् ? एकपटक छातिमा हात राखेर यसको उत्तर खोज्नु होला,अनि मात्र मतदान गर्नु होला ।”

प्रतिक्रिया

Leave a Reply