अर्घाखाँचीमा एउटै वडाका चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०८२, शुक्रबार ०७:५८

अर्घाखाँची।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा उम्मेदवारी दर्ता गराएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा मालारानी गाउँपालिका–५, बागी का चार जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दिनेहरूमा

  • **नेपाल कम्युनिष्ट पार्टी (एमाले)**बाट पिताम्बर भुसाल,

  • नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान,

  • स्वतन्त्र उम्मेदवार रवि शाह

  • स्वतन्त्र उम्मेदवार हिमाल भुसाल रहेका छन्।

चारै जना मालारानी गाउँपालिका–५, बागी का स्थायी बासिन्दा हुन्।

त्यसैगरी, नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल ‘मुस्कान’ भने मालारानी गाउँपालिका–४, खनका का बासिन्दा रहेका छन्। यसरी मालारानी गाउँपालिकाबाट मात्रै पाँच जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

जिल्लाभर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक महिलासहित कुल १५ जना उम्मेदवारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

Leave a Reply