काठमाडौं । आगामी २१ फागुन हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा दर्ता भएका ३,४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिंदै भक्तपुर–२ मा दुई, सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक–एक गरी जम्मा ५ उजुरी दर्ता भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचन कार्यतालिकाअनुसार बिहीवार उजुरीमाथि निर्णय गरिनेछ।
उनीहरूले उम्मेदवारको अन्तिम नामावली माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रकाशित हुने र सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह वितरण कार्यक्रम रहेको जानकारी दिएका छन्।
प्रतिक्रिया