पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल जनकपुरधाम जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०८२, बिहीबार ०७:३०

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुरधाम जाने भएका छन्। संवाद सचिवालयका अनुसार उनीहरू माघ १२ गते जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ।

पूर्वराजाको आगमनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले स्वागत तथा व्यवस्थापनको तयारी तीव्र पारेको छ। पार्टीले एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गर्नुका साथै विभिन्न उपसमिति बनाएर कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply