मकवानपुरमा १२१ किलो चरेससहित दुई जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०८२, बिहीबार ०७:१५

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलबाट मार्खुतर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नम्बरको अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा कैलाश गाउँपालिका–५ का २१ वर्षीय सानुकान्छा थिङ र अटो चालक थाहा नगरपालिका–४ का २९ वर्षीय घनश्याम बल लामालाई प्रहरीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटोभित्र १२ वटा रबरका डिब्बामा लुकाएर ल्याइएको चरेस बरामद गरेको हो।

प्रतिक्रिया

Leave a Reply