काठमाडौं । यस वर्षको कक्षा १० को अन्तिम परीक्षा आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयबाट सुरु हुनेछ।
चैत २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम पत्र र २६ गते ऐच्छिक द्वितीय पत्रको परीक्षा हुनेछ।
त्यस्तै, चैत २७, २८ र २९ गते प्राविधिक धारतर्फका पुराना तथा नयाँ पाठ्यक्रमअनुसारका विषयहरूको परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।
यसअघि प्रायः कक्षा १० को परीक्षा चैतको पहिलो सातादेखि सञ्चालन हुँदै आएकोमा गत वर्ष चैत ७ गतेबाट परीक्षा सुरु गरिएको थियो।

प्रतिक्रिया