काठमाडौं। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशमलाल चौधरीको उम्मेदवारी खारेजीको मागसहित उजुरी दर्ता भएको छ। कैलाली निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका चौधरीविरुद्ध दाबी–विरोधको क्रममा सोमबार उजुरी परेको हो।
टीकापुर–१, कैलालीका सत्यनारायण भट्टराईले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएर मुद्दा अन्तिम फैसला भइसकेको उल्लेख गर्दै चौधरीको मनोनयन पत्र बदर गरी खारेज गर्न माग गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि आवश्यक प्रमाण पेश गर्न भोलि बिहान १० बजे उपस्थित हुन दुवै पक्षलाई जानकारी गराएको छ।
प्रतिक्रिया