झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेपछि आफ्नै निर्वाचन क्षेत्रप्रति आत्मीयता झल्किने टिप्पणी गरेका छन्। कार्यक्रममा बोल्दै ओलीले झापालाई आफ्नो राजनीतिक कर्मभूमि भएको उल्लेख गर्दै मजाकिया शैलीमा भने, “यो मेरो क्षेत्र हो, कसैले डेरा नपाउनुभएको छ भने म खोजिदिन्छु, आउनुस्।”
उनको उक्त भनाइलाई उपस्थित कार्यकर्ताले ताली र हाँसोका साथ स्वागत गरेका थिए। ओलीले झापासँग आफ्नो राजनीतिक यात्रा, संघर्ष र भावनात्मक सम्बन्ध जोडिएको भन्दै यहाँका जनतासँगको सम्बन्ध सधैं विशेष रहेको बताए।
प्रतिक्रिया