भरत पराजुलीको ईन्ट्रिले सिन्धुपाल्चोकको राजनीतिमा नयाँ तरंग

evccfn@gmail.com' rastriyakhabar
७ माघ २०८२, मंगलवार ०७:०५

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुलीको उम्मेदवारी निश्चित भएपछि नयाँ राजनैतीक तरंग पैदा भएको छ ।
लामो समय नेकपा(एमाले) निकट रहनुभएका पराजुलीले व्यवसाय र समाजसेवालाई समेत एकसाथ अगाडी बढाउनु भएको थियो ।
राजनैतीकरुपमा पहिलोपटक सार्वजानिकहुन लाग्नु भएका पराजुलीले यथास्थितमा रहेको राजनीतिबाट समाज परिवर्तनको अपेक्षा गर्न नसकिने भएकोले नयाँ बाटो लिनु परेको बताउनु भएको छ ।
नेकपा(एमाले) र नेपाली काँग्रेस भित्रको अन्तर पार्टी असन्तुष्टीले नेपाली कम्युनिष्ट पार्टीलाई फाईदाहुने देखिए पनि रास्वपा बाट भरत पराजुलीको ईन्ट्रिले सिन्धुपाल्चोकको राजनीतिमा नयाँ मोड आएको छ ।
जलविद्युत व्यवसायमा रहेर लामो समय अनुभव बटुल्नुभएका भरत पराजुलीले सिन्धुपाल्चोकको बिकासको नयाँ मोडेल आफु संग रहेको, त्यसको लागि यथास्थिति र पुरानो सोचबाट माथि उठ्नु पर्ने बताउनु भएको छ ।
आज ३ बजे सिन्धुपाल्चोकको जिल्ला सदरमुकाम चौतारामा मनोनयन दर्ता कार्यक्रम रहेकोले रास्वपाका सम्पुर्ण नेता कार्यकर्ता तथा आफ्ना शुभचिन्तकहरुलाई उपस्थित भएर कार्यक्रमलाई भव्य बनाउन उहाँले अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply