काठमाडौँ । बढुवा समितिको सचिवालयले ११ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको हो।
बढुवा समितिको सोमबारको निर्णयअनुसार विभिन्न सेवाअन्तर्गतका शाखा अधिकृतहरूलाई (राजपत्रांकित द्वितीय श्रेणी) उपसचिव पदमा बढुवा सिफारिस गरिएको मन्त्रालयले जानकारी दिएको छ।
सेवाअनुसार बढुवा सिफारिस हुने विवरण यस प्रकार छः
नेपाल लेखापरीक्षण सेवा (निर्देशक समूह) अन्तर्गत ४ जना
नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह अन्तर्गत २ जना
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह अन्तर्गत ३ जना
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइवे उपसमूह अन्तर्गत २ जना
मन्त्रालयका अनुसार बढुवा सिफारिससम्बन्धी विस्तृत विवरण सूचनामा उल्लेख गरिएको छ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया