शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०८२, मंगलवार ०६:५६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

देउवाको स्वकीय सचिवालयले उनी निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय भएको औपचारिक रूपमा जानकारी दिएको हो। स्वकीय सचिव भानु देउवाले जारी गरेको सूचनामा देउवाले यसपटक निर्वाचन नलड्ने स्पष्ट उल्लेख गरिएको छ।

“नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,” भानु देउवाले बताएका छन्।

देउवाको यो निर्णयसँगै कांग्रेसभित्र नेतृत्व, रणनीति र उम्मेदवार चयनको विषयलाई लिएर नयाँ राजनीतिक बहस सुरु भएको छ। लामो समयदेखि सक्रिय राजनीतिमा रहँदै आएका देउवाको निर्वाचन नलड्ने घोषणालाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply