काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै समयमा पक्राउ परेका हुन्।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले प्रसाईं पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार काठमाडौंबाट पक्राउ अनुमति आएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया