काठमाडौँ। गोकर्णेश्वर स्पोर्टस् सिटी हलमा आयोजित प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो।
समापन कार्यक्रममा भारत, श्रीलंका, अमेरिका र नेपाललगायत विभिन्न देशका खेलाडी तथा पाहुनाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध विस्तार गर्दै कराँते खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको आयोजकले बताएका छन्।
कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामाले गर्नुभएको थियो। सो अवसरमा वक्ताहरूले युवालाई खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने यस्ता प्रतियोगिताको आवश्यकता औँल्याए।
नगर प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त प्रतियोगिता Mouele Shotokan Karate Do Associationको आयोजनामा सम्पन्न भएको हो।
प्रतिक्रिया