काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा सम्बन्धित प्राविधिकहरूबीच नगरका विभिन्न विकास योजनाहरूको कार्यप्रगति सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा चालु आर्थिक वर्षमा सञ्चालित विकास निर्माणका योजना, पूर्वाधार विस्तार, सेवा प्रवाहको अवस्था लगायतका विषयमा समग्र समीक्षा गरिएको थियो। नगर प्रमुख अधिकारीले योजनाहरू समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्न जोड दिँदै जनताको अपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका थिए।
प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले प्रशासनिक तथा प्राविधिक समन्वयलाई अझ सुदृढ बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउनेतर्फ नगरपालिका प्रतिबद्ध रहेको बताए।
छलफलमा सहभागी प्राविधिकहरूले विभिन्न योजनाको हालको अवस्था, देखिएका चुनौती र समाधानका उपाय प्रस्तुत गरेका थिए। बैठकले विकास निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन गहन समन्वय र नियमित अनुगमन आवश्यक रहेको निष्कर्ष निकालेको छ।
प्रतिक्रिया