राष्ट्रियसभा निर्वाचनमा एमालेसँगको सहमति कायमै राख्ने कांग्रेसको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०८२, आईतवार ०७:२१

काठमाडौँ। नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमति कायम राखेर जाने निर्णय गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँगको सहमतिको भविष्यबारे चासो बढेको थियो।

यस विषयमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रियसभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्न नहुने स्पष्ट पारे।
अघिल्लो केन्द्रीय समितिको अविच्छिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति हो। राष्ट्रियसभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन,” चालिसेले भने, “राष्ट्रियसभा सदस्यका लागि एमालेसँग गरिएको सहमति कायम राख्छौँ।

राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनको स्थानमा सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ सदस्य मनोनीत गर्ने व्यवस्था छ।

बाँकी १८ पदका लागि पुस २३ गते मनोनयन दर्ता भइसकेको छ। निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेले आपसी भागबण्डा अनुसार क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया