पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०८२, आईतवार ०७:१५

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ।

महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम प्रायः सफा रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका केही स्थानमा हुस्सु रहनेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया

Leave a Reply