बुढानीलकण्ठ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदका संस्थापक कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका छन्। नगरपालिकाबाट आयोजित बिदाई कार्यक्रममा भट्टराईले परिषदमा बितेका समय र योगदानप्रति माया र सम्मान व्यक्त गर्दै आभार प्रकट गरे।
सो अवसरमा नवनियुक्त कार्यकारी उपाध्यक्ष शिरिष पौडेलले सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन्। भट्टराईले आगामी दिनमा पनि युवामैत्री नगरपालिका बनाउने साझा अभियानमा सक्रिय रहँदै परिषदका गतिविधिहरूमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।
नगर युवा परिषदका अध्यक्ष र सदस्यहरूले भट्टराईको योगदानको प्रशंसा गर्दै शिरिष पौडेल नेतृत्वमा परिषदले अझ प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया