गोकर्णेश्वर–९ मा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ५ दिने सस बनाउने तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०८२, बुधबार ०७:३८

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ र आरुबारी महिला समूहको संयुक्त आयोजनामा सञ्चालन गरिएको ५ दिने सस बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम आरुबारी महिला समूहकी अध्यक्ष दीपा लामाको सभापतित्वमा भएको थियो भने नगर उपप्रमुख सान्नानी लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।

कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष राजिव थापाको विशेष आतिथ्यता रहेको थियो। साथै वडा सदस्यहरू लक्ष्मी गुरुङ, गमला परियार, नगरपालिकाको सामाजिक विकास शाखाकी अजिता कपाली लगायतको उपस्थिति रहेको थियो।

महिलाको सीप विकासमार्फत आत्मनिर्भरता

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख दीपक कुमार रिसालले महिलाको सीप विकास र स्वरोजगार प्रवर्द्धन स्थानीय सरकारको प्राथमिकता रहेको उल्लेख गरे। उनले भने,
“यस्ता व्यवहारिक र सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउनुका साथै घरेलु तथा साना उद्यममार्फत आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। नगरपालिकाले आगामी दिनमा पनि महिलामैत्री कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।”

नगर उपप्रमुख सान्नानी लामाले महिलाहरूको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउँदै सीपलाई आम्दानीसँग जोड्न आवश्यक सहजीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

वडा अध्यक्ष थापाको भनाइ

वडा अध्यक्ष राजिव थापाले वडा स्तरमै लक्षित समूहलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नु उपलब्धिमूलक भएको बताउँदै भने,
“आरुबारी महिला समूहसँगको सहकार्यमा गरिएको यो तालिमले महिलाहरूको क्षमता अभिवृद्धि भएको छ। प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न वडा कार्यालय सधैं सहयोगी रहनेछ।”

३५ जनाको सहभागिता, प्रमाणपत्र वितरण

५ दिनसम्म सञ्चालन भएको तालिममा ३५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। समापनको अवसरमा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि तथा नगर प्रमुख दीपक कुमार रिसालले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रमले महिलाहरूलाई घरेलु उत्पादनमार्फत आत्मनिर्भर बन्न प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

slot gacor