सिन्धुलीको घ्याङ्लेखमा एसबीआई बैंक लुटपाट, एक जना गाडिसहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०८२, बुधबार ०६:५९

काठमाडौँ । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकमा लुटपाट भएको छ। नकाबधारी समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि कुटपिट गर्दै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद रकम लुटेर फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ करिब ७ बजेतिर लुटपाटको घटना भएको हो। प्रारम्भिक सूचनाअनुसार ६–७ जनाको समूहमा आएका लुटेराहरूले बैंकको सुरक्षा गार्डको हात काटिदिएका थिए भने कर्मचारीहरूलाई बाँधेर नगद रकम लुटेका थिए।

घटनामा संलग्नमध्ये एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन्। यद्यपि लुटिएको रकमको यकिन विवरण भने हालसम्म प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।

लुटेराहरूको आक्रमणबाट बैंकका सुरक्षा गार्ड गम्भीर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारेको र लुटपाटको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया