नुवाकोटमा २ लाख ४७ हजार ८६८ मतदाता अघिल्लो निर्वाचनभन्दा ८ हजारभन्दा बढी मतदाता वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०८२, मंगलवार ०७:३९

नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट जिल्लामा कूल २ लाख ४७ हजार ८६८ मतदाता कायम भएका छन्।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नं. १ मा १ लाख २३ हजार ९२९ र क्षेत्र नं. २ मा १ लाख २३ हजार ९३९ मतदाता दर्ता भएका छन्। जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले यो संख्या २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको तुलनामा ८ हजार ११२ ले वृद्धि भएको जानकारी दिनुभयो।

कूल मतदातामध्ये महिला १ लाख १८ हजार ९७५, पुरुष १ लाख २८ हजार ८९० तथा तेस्रोलिङ्गी ३ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

आगामी निर्वाचनका लागि जिल्लाभर १३२ वटा निर्वाचन स्थलमा २९३ मतदान केन्द्र तोकिएका छन्। यो संख्या अघिल्लो निर्वाचनको तुलनामा तीन मतदान केन्द्रले बढी हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

slot gacor