राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान, माघ ४ गते बिहान ११ बजे सिंहदरबारमा बस्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०८२, मंगलवार ०७:३४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको हो।

राष्ट्रियसभाको अधिवेशन संघीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन हुनेछ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया