काठमाडौं । सामाजिक काममा निकै रुचि राख्ने डा.पुष्कर काफ्लेले आफ्नो सामाजिक यात्रालाई निरन्तरता राख्दै “जाडोलाई न्यानो बनाउने अभियान” सन्चालन गर्नु भएको छ ।
“जाडोलाई न्यानो बनाउने अभियान” अन्तर्गत डा.पुष्कर काफ्लेले आफ्नै गृहजिल्ला महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा करिब १०० जनालाई ब्लाङ्केट,लत्ताकपडा, ब्रस र ५०जनालाई जुत्ता वितरण गर्र्नु भएको हो ।
सामाजिक अभियानको नाममा अरुबाट चन्दा र सहयोग उठाएर पिडितलाई राहत उपलब्ध गराउनु भन्दा आफुले जति सकिन्छ त्यति आफ्नो नजिकको पिडित पहिचान गरेर सहयोग गर्नु चै मानवीय धर्म भएको डा.पुष्कर काफ्ले बताउनुहुन्छ ।
दन्त चिकित्सक समेत रहनुभएका डा.काफ्लेले सो स्थानहरुमा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्नु भएको थियो ।
डा.काफ्ले चक्रपथ सरसफाई महाअभियानको सकृय अभियन्ता समेत हुनुहुन्छ ।
प्रतिक्रिया