गोकर्णेश्वर–५ मा जीर्ण मोटरबाटो पुनर्निर्माणपछि उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०८२, सोमबार ०९:३९

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५ अन्तर्गत लालिगुराँस टोल सुधार समितिको पहलमा जीर्ण अवस्थामा रहेको मोटरबाटो पुनर्निर्माण सम्पन्न भएपछि आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

वडा नं. ५ का अध्यक्ष घनश्याम लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उप–प्रमुख सान्नानी लामा र नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायणबहादुर सुबेदी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रममा वडा सदस्यहरू लक्ष्मी पुडासैनी, श्रीबहादुर योगी र कमला नेपालीको पनि उपस्थिति रहेको थियो । कार्यक्रम कान्तिपुर स्कूलस्थित स्थानीय बासिन्दा बसन्ती लामाले सञ्चालन गर्नुभएको थियो ।

पुनर्निर्माणपछि स्थानीयवासीहरूले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान भएको जनाउँदै टोल सुधार समितिले नगरपालिकाप्रति आभार व्यक्त गरेको छ । स्थानीय तह र समुदायको सहकार्यमा सम्पन्न यस प्रकारका विकास कार्यले वडाको पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

slot gacor