समानुपातिकतर्फका उम्मेदवारलाई आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०८२, सोमबार ०९:१६

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (सोमबार) अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार नाम फिर्ता लिन पाउनेछन्।

यस सम्बन्धमा आयोगले सबै उम्मेदवारलाई जानकारी गराइसकेको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो। उहाँका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि निवेदन दिन सकिने आयोगले जनाएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया