काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ ।
बिहीबार बिहान ११ बजेदेखि करिब तीन घण्टा एक्लाएक्लै बसेर भएको छलफलमा मुख्य रूपमा निर्वाचन केन्द्रित विषयमा संवाद भएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार छलफलका क्रममा अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा एमाले स्पष्ट रहेको र त्यसका लागि पार्टी पूर्ण रूपमा तयार रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्कीले सरकारले पनि निर्धारित समयमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको बताएकी थिइन् ।
प्रधानमन्त्रीको भनाइपछि अध्यक्ष ओलीले एमाले कुनै पनि हालतमा लोकतान्त्रिक प्रक्रियाबाट पछि नहट्ने र चुनावमा सक्रिय रूपमा सहभागी हुने स्पष्ट पारेको स्रोतको दाबी छ ।
प्रतिक्रिया