नेपाल निर्यात परिषदको अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०८२, बिहीबार ०७:२२

काठमाडौँ ।  नेपाल निर्यात परिषदको अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन्। मंगलबार सम्पन्न परिषदको २८औँ वार्षिक साधारण सभाले थपलियाको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

परिषदका निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठ हुन्।

नव–निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिवमा वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ तथा सह–कोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी, प्रविनमान श्रेष्ठ, अमिर बगाले, रामकुमार थपलिया, रामकृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन्।

नव–निर्वाचित नेतृत्वले निर्यात प्रवर्द्धन, निजी क्षेत्रको भूमिका सुदृढीकरण तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने दिशामा परिषदलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply